विपन्नलाई राहतका लागि लगत संकलन गर्दै भरतपुर महानगरपालिका

bharatpur_1

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले लकडाउनका कारणा समस्यामा परेका निम्न वर्गीय परिवारलाई राहत वितरण गर्ने जनाएकी छिन् । महानगरले लगत संकलन गरेर लकडाउनबाट समस्यामा परेका बिपन्न परिवारलाई राहत बितरण गर्ने भएको हो ।

स्थानीय टोल विकास संस्थाहरुसँग समन्वय गरि दुई दिनभित्रबिपन्न परिवारको लगत सङ्कलन गर्न वडा कार्यालयहरुलाई महानगरले अाग्रहगरेको प्रवक्ता अरुणपिडित भण्डारीले जानकारी दिए ।

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विपन्नपरिवारलाई राहत बितरण गर्न तत्काल लगत सङ्कलन थाल्ने निर्णय गरेको हो । राहत उपलब्ध गराउनु पर्ने वा नपर्ने परिवारका सन्दर्भमा महानगरले मापदण्डसमेत बनाएको छ । बैठकपछि नगरप्रमुख दाहालले सम्पूर्ण महानगरमा समस्यामा परेका व्यक्ति एवं परिवारलाई केही समस्या परेमा वडा कार्यालयमार्फत जानकारी दिन सबैलाई अनुरोध पनि गरिन् ।

साथै महानगर भित्र कोहि पनि व्यक्ति वा संस्थालाईराहत बाँड्न पनि रोकलगाउने निर्णय पनि गरिएको छ । राहत वितरणलाई ब्यवस्थित गर्न वडा  कार्यालयहरु  मार्फतएकद्वार प्रणाली कायम गर्ने निर्णय पनि गरिएको छ ।

बैठकका निर्णयः

baithak

प्रतिक्रिया

सम्बन्धित