भरतपुरमा कोरोना प्रयोगशाला स्थापनामा प्रारम्भिक छलफल
भरतपुर । भरतपुर महानगरपालिकामा कोरोना परिक्षणका लागि ल्याब स्थापना गरिने भएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा भरतपुरमा ल्याब स्थापना गर्नका लागि प्रारम्भिक छलफल भएको भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहालले बताइन् ।
चितवनको भरतपुरमा बिहीबार सम्पन्न मन्त्रालयका प्रतिनिधि र महानगरबीचको संयुक्त छलफलमा प्रयोगशाला तत्काल सञ्चालन गर्नका लागि आवश्यक सामाग्रीसहित छलफल भएको नगरप्रमुख दाहालले बताइन् ।
उक्त अवसरमा मन्त्रालयका तर्फबाट रजिस्ट्रार पुष्प राज खनाल, बिमलेश झा, सुलभ आचार्य लगायतको सहभागीता रहेको पनि दाहालले बताइन् ।
दाहालले उक्त अवसरमा प्राबिधिक टोलीको स्थलगत अध्ययनपछि संयुक्त बैठक बसेर प्रयोगशालासम्बन्धी निर्णय लिइने पनि बताइन् ।
प्रतिक्रिया