कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं’ मुख्यमन्त्री पौडेल

Dormanni Poudel
हेटौंडा ।
आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण शुरुहुने भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले सन्देश जारि गर्दै हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताएका हुन्।

उनले सो ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिने उल्लेख गर्दै ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगीसकेको र मेसिनहरु जडान गर्ने कार्य सकिएको जानकारी दिए ।

छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ बताउँदै मुख्यमन्त्री पौडेलले भने हामीलाई विश्वास छ देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं ।

पौडेलले विदेशबाटै कोरोना संक्रमित भएर आएका बाहेक स्वदेशमा कसैलाई पनि संक्रमण फैलन नदिनुलाई कसैको कृपासंग जोडेर हेर्नु भनेको नेपाली स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अहोरात्र खटिएका सरकारका विभिन्न निकायका व्यक्तित्वको योगदानको अवमूल्यन गर्नु हो भनेका छन् ।

“। प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिनेगरी तयारी गरेको छ र यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदछौँ” मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित