आज राति १२ बजेबाट पर्यटक उद्दारको काम रोकिने

Tourists_Rescue_20200327194503
काठमाडौं ।
लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ । आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार आज राति १२ बजेबाट पर्यटको उद्दारको काम रोक्न लागिएको हो ।

यसैबीच शुक्रवार लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरि काठमाडौं ल्याइएको छ भने आजै पोखराबाटसमेत दुई वटा बसमा पर्यटकरु काठमाडौं आइरहेका छन् ।

काठमाडौं आएका पर्यटकलाई भने सम्बन्धित देशको समन्वयमा उद्धार गरिने पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १ हजार ७०८ जनाको उदधार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित