पोखरामा परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएको रिपोर्ट काठमाडौंमा ‘नेगेटिभ’ !

teku

काठमाडाैं  । गण्डकी प्रदेश स्थित पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

तर, ती व्यक्तिको स्वाब थप परीक्षणका काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।

कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित