कोरोनाका कारण मृत्यु भएका र सङ्क्रमितको उपचार गर्दागर्दै ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा चीनभर आज राष्ट्रिय शोक
काठमाडौं ।
कोरोना भाइरसका कारण चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरि आज राष्ट्रिय शोक मनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएका सबै र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरिएको हो ।
राष्ट्रिय शोक दिवसका रूपमा चीनको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनमा समेत हर्नको रुपमा परम्परागत शोक धुन बजाएका छन् । चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन्।
प्रतिक्रिया