मोदीको 'दीप प्रज्वलन' अभियानमा कोहलीको ऐक्यबद्धता

kohli_1

मुम्बई । कोरोना भाइरसको जोखिमविरुद्ध भारतीय क्रिकेट खेलाडीहरुले समर्थन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको जोखिम नियन्त्रणका लागि लकडाउन गरेको १४ औं दिनका दिन तेस्रोपटक भारतीय जनतालाई सम्बोधन गर्दै आह्वान गरेको दीप प्रज्वलन कार्यक्रममा भारतीय क्रिकेट हस्तीहरुले समर्थन गरेका हुन् ।

प्रधानमन्त्री मोदीले अप्रिल ५ अर्थात् आज साँझ ९ बजेदेखि ९ मिनेटसम्म दीप प्रज्वलनका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री मोदीले सबै भारतीय जनताहरुलाई बिजुली बत्ति निभाएर घरमा उपलब्ध भएअनुसारको दीप प्रज्वलन गर्न आग्रह गरेका थिए । उनले भए सम्म दीप प्रज्वलन गर्नु नत्र मोबाइलको बत्ती भए पनि बाल्न आग्रह गरेका थिए ।

kohli

यस अभियानमा भारतीय क्रिकेट कप्तान विराट कोहलीले भारतीय प्रधानमन्त्रीको समर्थन गर्दै सो अभियानमा ऐक्यबद्धता जनाएका छन् । उनले आज बिहान ट्वीट गर्दै उक्त कुरा बताएका हुन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘स्टेडियममा फ्यानहरु तागत भए जस्तै भारतका लागि उसका जनता तागत हुन्, त्यसैले आज राती ९ बजेदेखि ९ मिनेटसम्म हामी सबै एक होऔं, आप्mनो स्वास्थ्यका लागि सबै एकजुट हुनुपर्छ ।’

त्यस्तै यस अभियानमा भारतीय क्रिकेट खेलाडी रोहित शर्मा र हार्दिक पाण्ड्याले पनि ऐक्यबद्धता जनाएका छन् ।


प्रतिक्रिया

सम्बन्धित