७ सय ५० सुकुम्बासीको झुपडीमा राहतको प्याकेजसहित सांसद बस्नेत
भक्तपुर।विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालसरकारले १४ दिन अघि देखि गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरीजीविकोपार्जन गर्ने परिवारको समस्याको समाधानको निम्ती नेपाल कम्युनिष्टपार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतकोपछिल्लो दैनिकीहरु केन्द्रीत भएका छन् ।
भक्तपुरमा ज्याला मजदुरी गर्नेलाई मात्रनभई सडकमा रहेका वेवारिसे सडक मानवलाई समेत लकडाउनभर दैनिक एक छाक खानाखुवाउने कार्य समेत भइरहेको छ । जसमा सांसद बस्नेत संरक्षक रहेको मानवियआस्था नेपालले नेतृत्व गरिरहेको छ ।
मानविय आस्था जस्तै विभिन्न संघसंस्थाहरुले स्थानीय तहले समेत सहकार्यसमेत राहतको विभिन्न प्रकारकाप्याकेजहरु सञ्चालन भइरहेका छन् । जस अन्तरगत आज मध्यपुर थिमी नगरपालिकावडा नं. १ स्थित सुकुम्बासी बस्तीमा ७५० घर परिवारलाई राहत वितरण गरिएको छ ।सरकारले तोकेको लकडाउनको उच्च समर्थन गर्दै गरिएको उक्त राहत वितरणकार्यक्रमलाई तीन बल्क गरी वितरण गरिएको छ । वितरण गरिएको राहतमा दैनिकउपभोग्य सामाग्रीहरु चामल, दाल, नुन, तेललगायतका रहेका छन् ।
नेपाल उद्योग परिसंघको सहयोगमा मानवियआस्था नेपालको आयोजनामा भएको उक्त राहत वितरण कार्यक्रममा स्थानीयवासीलेजनताको दुःख सुख बुझ्ने तथा जनताको सारथीको रुपमा सांसद बस्नेत भएको उल्लेखगर्दै उहाँले चालेका प्रत्येक कदममा सुकुम्वासी वस्तीले साथ र सहयोग गर्नेप्रतिवद्धता जनाएका छन् ।
पटक पटक उक्त बस्तीको समस्या समाधान, विभिन्न प्रकारका भौतिक तथा आर्थिक सहयोगको साथमा वस्तीको शिक्षा, स्वास्थ्य तथा विपद्को समयमा समेत सांसद बस्नेतको निरन्तर साथ बस्तीको लागिअतुलनीय रहेको त्यहाँका जनताले बताए ।
वस्तीका जनताको एउटै स्वरमा भने‘जनप्रतिनिधि हुन त सांसद महेश बस्नेत जस्तो । जसले सवै नागरिकलाई समानव्यवहारको साथै जनताको दुःख सुख तथा संकटको घडिमा आफ्नै सम्झेर अघिबढ्नुहुन्छ । उहाँको लागि हामी सदैब जस्तो सुकै सहयोग गर्न तयार छौं । आजमात्र हैन, भोलीको लागि समेत आम भक्तपुरवासीको निम्ती आवश्यक व्यक्ति नैमहेश बस्नेत हो ।’
कार्यक्रममा सांसद बस्नेतले लकडाउनकोसमयमा दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने भक्तपुरका जो कोहीमानिसलाई समस्या हुन नदिन आफु प्रयत्नशिल रहेको उल्लेख गर्दै सरकारले घोषणागरेको लकडाउनलाई अक्षरस पालना गर्न आग्रह गर्नुभयो । उहाँले कुनै समस्याभए तत्काल आफुलाई खब गर्न आग्रह गर्दै समस्या आए त्यसको समाधान गर्न सकिनेबताउनुभयो । त्यस्तै लकडाउन अझ बढ्दै गएमा पुनः उक्त स्थानमा राहत वितरणगर्न सकिने समेत बताउनुभयो ।
सांसद बस्नेतको नेतृत्वमा भएको उक्तकार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, विभिन्न सामाजिकसंघसंस्थाका व्यक्ति, सामाजिक अभियान्ता लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया