डब्लुएचओको भूमिका उचित भएनः अमेरिकी राष्ट्रपति ट्रम्प

T_Who

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको र चीनको पक्ष लिएको भन्दैट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् ।

ह्वाइट हाउसमा नियमित प्रेस ब्रिफिङ दिने क्रममा ट्रम्पले कोरोना भाइरसको जोखिम पहिला नै थाहा भएर पनि अमेरिकालाई बेलैमा सूचित नगरेकोआरोप लगाए । अमेरिका डब्लूएचओमा सबैभन्दाधेरै योगदान गर्ने मुलुक हो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा पनि डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित