भारतमा कोरोनाबाट १ सय ६० को मृत्यु

india_C

नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६० पुगेको छ ।

भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३५१ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ४६८ जना उपचारपछि निको भएका छन् । ४ हजार ७ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८२ हजार ८० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख ३१ हजार ७०६ पुगेकोछ ।

 

प्रतिक्रिया

सम्बन्धित