काठमाडौं । सरकारले विभिन्न देशका लागि घोषित नेपाली अवैतनिक महावाणिज्यदूतहरुको केही सुविधा खोस्ने निर्णय गरेको छ । एक अवैतनिक महावाणिज्यदूतले आफ्नो ओहदाको दुरूपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै सरकारले सो निर्णय लिएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न पाउने छैनन् । यो निर्णय तत्कालै लागू हुने मन्त्रालयले जनाएको छ ।
किर्गिस्तानका लागि सरकारका महावाणिज्यदूत रहेका सुलभ अग्रवाल स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा हालै प्रक्राउ परेपछि सरकारले यस किसिमको निर्णय गरेको जनाइएको छ ।
प्रतिक्रिया