क्रुर कोरोनाः विश्वभर संक्रमितको संख्या १६ लाख नाघ्यो, ज्यान गुमाउनेको संख्या ९५ हजारमाथि (अपडेट)
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार भन्दामाथि पुगेको छ । हालसम्म १६ लाख ३ हजार ४ सय ३३ संक्रमित भएको यस रोगका कारण सबैभन्दा धेरै अमेरिकामा ४ लाख ६८ हजार ५६६ जनामा संक्रमण देखिएको छ ।
कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या इटाली पछि बढी रहेको छ । गत २४ घन्टामा १ हजार ९ सय जनाको मृत्यु भएपछि अमेरिकामा स्पेनमा भन्दा बढी मानिसको मृत्यु भएको हो ।
अमेरिकामा गत २४ घन्टामा मात्र ३३ हजार ५ सय ३६ जना नयाँ संक्रमित भेटिएको हो भने १ हजार ९ सय जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ ।
त्यस्तै इटालीमा हालसम्म सबैभन्दा बढी मानिसको ज्यान गएको छ । हालसम्म इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ४३ हजार ६२६पुगेको छ ।
इटालीमा भन्दा धेरै संक्रमितको संख्या स्पेनमा पुगेको छ । स्पेनमा हालसम्म १ लाख ५३ हजार २२२ जना संक्रमित छन् भने मृतकको संख्या १५ हजार ४ सय ४७ पुगेका छन् ।
त्यस्तै फ्रान्समा हालसम्म संक्रमितको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ भने मृतकको संख्या १२ हजार २ सय १० पुगेको छ ।
प्रतिक्रिया