बौंदीकालीको वर्णन गर्दै रकुवाका दुर्गाले ल्याए सालैजो गीत

durga2

बौदीकाली । नवलपुरको बौंदीकाली क्षेत्रलाई समेटेर सालैजो गीत युट्युबमार्फत बजारमा आएको छ । लालसरी ठाडाको प्रस्तुतिमा सार्वजनिक गरिएको उक्त सालैजो गीतमा सागर विरही, दुर्गा ठाडा र अनिता मश्रांगीको स्वर रहेको छ ।

मोडल दुर्गा ठाडाको जन्मस्थान एवं बौंदीकालीको तत्कालिन रकुवा गाविसको वडा नं. ८ स्थित घरमा नै धेरैजसो छायांकन गरिएको उक्त गीतमा बौंदीकाली क्षेत्रका सांस्कृतिक महत्व एवं सुन्दरताको वर्णन गरिएको छ । रकुवा एवं डेढगाउँको मौलोलाई समेट शब्दमा समेटिएको उक्त गीतमा कालीगण्डकी, डेढगाउँलगायतका स्थानको दृश्यांकन गरिएको छ ।

durga

बौंदीकाली गाउँपालिकाको रकुवा, सिउन, रुचाङ, नरम, डेढगाउँ, मिथुकरम लगायत पाल्पाको रामपुर, तनहुँ र स्याङ्जालाई समेट्दै मोडल एवं शब्द संकलक दुर्गा ठाडाले उत्कृष्ट रचना गरेका छन् । त्यसका साथै उनले मगर संस्कृतिको उत्कृष्ट नमुना पेश गर्दै गाउँमा नै गएर सम्पूर्ण छायांकन गरेका छन् ।

रकुवाका स्थानीयहरूलाइ नै समावेश गरेर छायांकन गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन स्वयं ठाडाले नै गरेका छन् भने कोरियोग्राफी प्रशान्त गुरूङ र छायांकन अभिषेक माझीले गरेका छन् । नम्रता थापा मगर र स्वयं दुर्गाको नृत्य रहेको यस गीतमा स्थानीय कलाकार एवं प्रतिष्ठीत व्यक्तिहरूको पनि अभिनय समावेश गरिएको छ ।

durga-1

स्थानीय बेलभञ्ज्याङ माविमा अध्ययन गरेका ठाडाले भिडियो एवं शब्दमा उक्त विद्यालयको समेत सम्झना गरेका छन् । भारतीय सेनाको जागिरपछि अवकाशमा रहेका ठाडाले यसअघि पनि विभिन्न गीतहरु बजारमा ल्याएका थिए । मगर चलचित्र रैयाँ र पञ्चेबाजामा अभिनय गरेका मोडल एवं नायक ठाडाले यसअघि धेरै म्यूजिक भिडीयोमा अभिनय गरिसकेका छन् ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला...

प्रतिक्रिया

सम्बन्धित