'भारतको 'फलो' गर्दै नेपालले जोखिम नियन्त्रणका कदम चाल्नुपर्छ'

 माइन्यूज भ्यूज 

nepal-ind

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपालको मित्रराष्ट्र एवं विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा संक्रमितको संख्या पछिल्ला दिनहरुमा अत्याधिक रुपमा बढ्न थालेको छ । सुरुका नगन्यमात्रामा संक्रमित देखिएपछि २१ दिने लकडाउनको घोषणा गरेको भारतले पुनः १४ दिनका लागि लकडाउन थप्ने पनि समाचारमाध्यमहरुमा आइरहेका छन् ।

भारतमा पछिल्ला दिनमा संक्रमितको संख्या अत्याधिक रुपमा बढ्न थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका सम्पूर्ण संरचनाहरुलाई सचेत एवं पूर्ण शक्तिलगाएर कोरोना भाइरसविरुद्ध लड्न आग्रह गरेका छन् ।

चीनबाट सुरु भएको भाइरसका कारण अहिलेसम्म सबैभन्दा बढी क्षति अमेरिकाले भोगेको छ । करिब ५ लाखभन्दा बढी जनता संक्रमित भइसकेको अमेरिकाले हालसम्म करिब १९ हजार मानिसलाई गुमाइसकेको छ ।

सार्कको सबैभन्दा ठूलो मुलुक भारतले यस महामारीबाट आफू बच्न र आफ्ना छिमेकी देशहरुलाई बचाउनका लागि जति सक्दो धेरै साबधानी साथै सजकता अपनाउनुपर्ने हुन्छ । भारत जस्तो विविधता भएको मुलुकका निम्न वर्गीय जनताबीच यस भाइरसको संक्रमण देखिन थालेमा भारतले हालको अमेरिकाको नियति भोग्नु नपर्ला भन्न सकिँदैन ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ७ हजार ६ सय संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या २ सय २९ पुगिसकेको तथ्यांक सार्वजनिक भएको छ ।

भारतमा दिनप्रतिदिन बढ्दै गएको संक्रमणका कारण सबैभन्दा असर भारतबाट तीन तिर घेरिएको नेपाललाई पर्ने पक्का हुन्छ । किनकी नेपाल र भारतबीचको सीमावर्ती क्षेत्रका कारण भारतमा देखिएको महामारीबाट नेपाल प्रताडित बन्ने कुरामा कुनै दुईमत छैन ।

सार्कको सबैभन्दा ठूलो मुलुक भारतले यस महामारीबाट आफू बच्न र आफ्ना छिमेकी देशहरुलाई बचाउनका लागि जति सक्दो धेरै साबधानी साथै सजकता अपनाउनुपर्ने हुन्छ । भारत जस्तो विविधता भएको मुलुकका निम्न वर्गीय जनताबीच यस भाइरसको संक्रमण देखिन थालेमा भारतले हालको अमेरिकाको नियति भोग्नु नपर्ला भन्न सकिँदैन ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण भारतमा नियन्त्रणमा नआउँदासम्म जुनसुकै मूल्य चुकाएर पनि लकडाउन गरेर होस् वा जोखिमबाट बच्ने अन्य उपायहरु अवलम्बन गरेर संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक देखिन्छ ।

भारतमा अहिलेसम्मको परिस्थिति हेर्दा स्वास्थ्यकर्मीदेखि लिएर उच्च वर्गीय जनतामा पनि संक्रमण देखिएको छ । युरोपमा भाइरसका कारण संक्रमण बढेपछि लाखौं भारतीयहरु भारत फर्किएको तथ्यांंक सार्वजनिक भएकोले भारतमा संक्रमणले महामारीको रुप लिनसक्छ भन्नेमा प्रशस्त आधार देखिएको छ ।

त्यसैले भारतमा कुनै पनि बेला महामारीको रुप लिन सक्ने देखिन्छ र त्यसको सबैभन्दा ठूलो प्रभाव भनेको नेपालमा नै पर्ने निश्चित छ । नेपालको सीमाको तीन तिर सिमा रहेको भारतसँगको खुला सीमाका कारण नेपाल र भारतमा जति नै सुके कडा निगरानी गरे पनि आवतजावत नरोकिने देखिन्छ ।

त्यसैले नेपाल सरकारले कोरोना भाइरसको संक्रमण भारतमा नियन्त्रणमा नआउँदासम्म जुनसुकै मूल्य चुकाएर पनि लकडाउन गरेर होस् वा जोखिमबाट बच्ने अन्य उपायहरु अवलम्बन गरेर संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित