कोरोना कष्टः नरसंहार केन्द्र बन्दै अमेरिका, ज्यान गुमाउनेमा इटालीभन्दा अमेरिकामा धेरै

nywork

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाईरसबाट हालसम्म अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इटालीमा सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएकोमा भर्खरैको तथ्यांकअनुसार अमेरिकामा इटालीमा भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ५ लाख बढी पुगेका छ । हालसम्म अमेरिकामा मात्रै ५ लाख ५ हजार ८ सय ०५ पुगेको छ भने १८ हजार ८ सय ७० जनाको मृत्यु भएको छ ।

यससँगै हालसम्म विश्वभरिमा मृत्यु भएका १ लाख ४ हजार ९ सय १ मध्ये अमेरिकामा सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको जनाइएको छ । त्यस्तै इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा हालसम्म १६ हजार ३ सय ५२ जनाले ज्यान गुमाएका छन् भने फ्रान्समा हालसम्म १३ हजार १ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा ९८० जनाले ज्यान गुमाएका छन् भने हालसम्म ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित