कोरोना अपडेट : विश्वभर एक लाख नौ हजार बढीको मृत्यु

Mynews_1

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार ६ नाघेको छ ।

१७ लाख ९० हजार मानिस कोरोना संक्रमित भएका छन भने ४ लाख ९ हजार ५ सय मानिस स्वास्थ्य लाभ गरी घर फर्किएका तथ्याङक छ ।
यस भाइरसका कारण अमेरीकामा हालसम्म २० हजार ५ सय बढी मानिसले ज्यान गुमाएका छन भने संक्रमितको संख्या ५ लाख ३३ हजार नाघेको छ ।

यस्तै इटालीमा १९ हजार ४ सय, स्पेनमा १६ हजार ९ सय, फ्रान्समा १३ हजार ८ सय, बेलायतका ९ हजार ८ सय, इरानमा ४ हजार ३ सय, बेल्जियममा ३ हजार ३ सय, नेदरल्याण्डमा २ हजार ६ सय र ब्राजिलमा १ हजार १ सय ४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म ८ हजार ५ सय ४ जना व्यक्ति कोरोना संक्रमित हुँदा यस भाइरसले २ सय ८९ जनाको ज्यान लिएको छ ।

ग्रिन्नल्याण्डमा ११ जना व्यक्ति कोरोना संक्रमित भएकामा सबै जना स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित