फ्रान्समा मे ११ सम्म लकडाउन, पहिलो चरणमा त्यसपछि स्कुल खुल्ने जानकारी
काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथानियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ ।राष्ट्रपति इम्मानुएल म्याक्रोनले दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढ्दै गएपछि लकडाउनको समय अवधिथप गरेका हुन् ।
फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाटज्यान गुमाउनेहरुको संख्या फ्रान्समा १४ हजार ९ सय ६७ पुगेको छ । त्यस्तै हालसम्म १ लाख ३६ हजार ७ सय ९९ जना संक्रमित पुगेका छन् ।
टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नकालागि फ्रान्ससँग पूर्वतयारी नभएको स्वीकार गरे । उनले भने, ‘अन्य देशहरुमाजस्तै हामीसँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव थियो ।धेरै स्थानका अस्पतालहरुमा अझैसम्म पनि अभाव’ छ ।
उनले ११ मे पछि स्कुलहरु खोल्न सकिने बताए । उनले बच्चाहरू घरको सीमित क्षेत्रमा बस्दा धेरै बच्चाहरुमाथि घरेलु हिँसा बढ्यो भन्दै उनले बच्चाहरुले इन्टरनेट हेर्न पनि पाएनन् भन्दै त्यसपछि परिस्थिति हेरेर पहिलो चरणमा स्कुलहरू खुल्ने बताए । बिश्वबिद्यालय र कलकारखानाका हकमाभने अत्यावश्वक बाहेक अरू नखुल्ने पनि बताए ।
प्रतिक्रिया