तस्करसँग मिलेर इन्स्पेक्टरको सरुवा

सोझो दाईको फाईदा उठाउँदै प्रहरी संगठनमा भाई ज्ञवाली र एसपी खत्रीको मनपरी
अबैध बालुवा उत्खननको बिषयलाई लिएर त्यहाँका जनप्रतिनिधी र बालुवा माफिया र प्रहरीबीच लफडा चल्दै आएको थियो । केही जनप्रतिनिधी इन्स्पेक्टर केसीको बिषयलाई लिएर पहिला गृहमन्त्रालयसम्म पुगेका थिए । तर तत्कालिन गृहसचिव प्रेमकुमार राईले उल्टै जनप्रतिनिधीलाई गाली गरेर पठाएका थिए ।
अहिले सोही जनप्रतिनिधीको डिजाईनमा केही बालुवा माफियाले मोटो खर्ज गरेपछि उनको सरुवा भएको चर्चा हुन थालेको छ । पछिल्लो समय आईजी सचिवालयका एसपी भूपेन्द्र खत्री र आयुक्त कार्यालयका एसएसपी श्याम ज्ञवालीले प्रहरीभित्र आफू निकट ब्यक्ति सेट गर्न समय नपुग्दै इन्चार्जको काज सरुवा गदै आएका छन् । यसअघि बौद्ध बृत्तका डिएसपी रमेश बहादुर सिंहको पनि बिनाकारण समय अबधी नपुग्दै सरुवा गरिएको थियो । प्रहरीमा ईन्चार्जको सरुवा अवधी (एक बर्ष) हुने गर्छ । कपन प्रभागको जिम्मा लिए देखीनै इन्सपेक्टर केसीले अबैध बालुवा उत्खनन् बन्द गराएकी थिईन् ।
अबैध बालुवा उत्खननको विषयलाई लिएर बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल र वडा नम्बर–१० का अध्यक्ष नवराज भट्टराईसँग इन्स्पेक्टर केसीको विवाद चल्दै आएको थियो । कपन १० का वडाध्यक्ष नवराज भट्टराईलगायतको समुहले क्याम्पस निमार्णको नाममा बालुवाको अबैध कारोबार गदै आएका थिए । जसको कारण क्याम्पस भबनलगायत सर्बसाधारणका अन्य घरमा समेत जोखिम पुगेको थियो ।
वडाअध्यक्ष समेतको समूह प्रहरी निरिक्षकको सरुवा गर्न गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म डेलिगेशन पुगेको थियो । तर जनप्रतिनिधि कै कमजोरी देखिएपछि तत्कालिन गृहसचिव प्रेमकुमार राईले इन्स्पेक्टर केसीलाई हटाउन आएको प्रस्तावको बेवास्ता गरिदिएका थिए ।
कपन बहुमुखी क्याम्पसका केही कर्मचारीको मिलेमतोमा क्याम्पससँग जोडिएको सार्वजनिक बाटोको बालुवा निकालेर तस्करी गर्दै आएको प्रमाणहरु केही समय अगाडी सार्बजनिक भएका थिए । सार्वजनिक बाटोको १५ लाख बराबरको बालुवा वडा अध्यक्ष र क्याम्पसका कर्मचारीको मिलोमतोमा बेचबिखन भएको थियो । क्याम्पसकै बिल भौचरबाट ७ हजार ५ सयको दरले बालुवा बेचबिखन गरेको प्रमाण समेत सार्बजनिक भएपछि जनप्रतिनिधी ईन्सपेक्टर केसीबिरुद्ध लागेका थिए ।
गैर कानुनी तरिकाबाट उत्खनन् गरिएको बालुवाको अबैध धन्दा रोक्न प्रहरीले कदम चालेपछि कपनकी प्रहरी निरक्षक केसीलाई हटाउन उक्त समूह हात धोएर लागेको थियो । वडाअध्यक्ष समेतको समूह प्रहरी निरिक्षकको सरुवा गर्न गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म डेलिगेशन पुगेको थियो । तर जनप्रतिनिधि कै कमजोरी देखिएपछि तत्कालिन गृहसचिव प्रेम राईले इन्स्पेक्टर केसीलाई हटाउन आएको प्रस्तावको बेवास्ता गरिदिएका थिए ।
अवैध उत्खननमाथि इन्स्पेक्टर केसीले धावा बोलेपछि तितरबितर भएका जनप्रतिनिधीहरू सरुवाको माग गर्दै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका थिए । इन्स्पेक्टर केसीले बालुवासहित केही गाडी नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धित निकाय पठाएपछि कपनका ती जनप्रतिनिधीका नाममा बालुवा तस्करहरू इन्स्पेक्टर केसीको बिरुद्धमा लागेका थिए ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_bd08IjL0b5_zuwh8eayp5ssj43rflhd0po1wnplh6xiwdbycu1rhbpozmj5oj29wjscxmu9.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_vY7ejqsaM4_7fscxtplolqtbggfzy5ct32qm8plma2civxpbpkctgbwcqioinqgocyhuhh5.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_YiwWY76nSc_3kpbxil77bgazeupzuox2bxke11g2umdlologyb5p3erlu55o9i9bdqqg2l1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_OIWaKi7YXH_oguasroyuq6p7ikdzxeyrd4cqkuzqxjkwz9vvfjidrhtk0feqsyzkyxfgnav.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया