भुल्के मस्जिदमै बसेका थप एक भारतीयलाई कोरोना संक्रमण भएको पुष्टी

Mynews_1

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि शुक्रबार सोही मस्जिदमा बस्दै आएका १२ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । हिजो १४ जनालाई एकैदिन देखिएपछि नेपालमा जम्मा ३० जना संक्रमित पुगेका थिए ।

जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् । आजमात्रै काठमाडौंकी प्रसिद्धि श्रेष्ठ कोरोनाबाट मुक्त भई डिस्चार्ज भएकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित