बाग्लुङकी वृद्धाको खुसीः कोरोना जितेर फर्किएँ बाबु ! प्रहरीले घरसम्मै पुर्याइ दिनु भयो !

काठमाडौं । धवलागिरी प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया वृद्धा अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
पछिल्लोपटक कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि वृद्धा शनिबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएको बताएकी छन् । खुसी साट्दै वृद्धाले कोरोनालाई पराजित गरेर फर्किएको प्रतिकृया दिएकी छन् ।
“जाँच गर्दा कोरोना नदेखिएपछि डाक्टरहरूले घर जान सक्नुहुन्छ भन्नुभयो । अस्पतालमा लिन छोरो र ज्वाइँ जानुभएको थियो । प्रहरीले घरसम्मै पु¥याइदिनुभयो । औधी खुसी लागिरहेको छ । सुरुमा त के हुने हो, कसो हुने हो लागेको थियो,” उनले भनिन् ।
राम्रो उपचार गरेको भन्दै उनले चिकित्सक, नर्स र सरकारलाई पनि धन्यवाद दिएकी छन् ।
“गरेर हुने उपचार गर्नुभयो । उपचार गर्दा पनि राम्रो बोलिवचन स्याहार गर्नुभयो । तपार्ईंको आत्मविश्वास दह्रो छ, केही हुँदैन तपाईंलाई भन्नुभयो,” उनले खुसी व्यक्त गर्दै भनिन् ।
अस्पतालबाट डिस्चार्ज हुँदा खुसी थाम्न नसकेको उनले बताइन् । लामो समयदेखि दमको रोगी रहेकाले त्यतिबेलै सास बढेको उनले सुनाइन् ।
“धेरै कुरा बोल्न मन थियो । डाक्टरहरूलाई धन्यवाद भन्नु थियो । त्यतिबेलै दम बढ्यो । घाँटी अँठ्याएजस्तो भयो । खुसी भएर होला,” उनले भनिन् ।
चिकित्सकहरूले थप १४ दिन छुट्टै क्वारेन्टाइनमा बस्न र परिवारको सम्पर्कमा नजानु भनेर अह्राएकाले आफूले त्यसै गर्ने उनको भनाइ छ ।
“डक्टरहरूले भनेजति दिन छुट्टै बस्छु । अहिले कान्छा छोरा–बुहारीसँग बस्दै आएको छु । अर्को छोरोका घर अलि माथि छ । परिवारमा सबै खुसी छन्,” उनको भनाइ थियो ।
उनी चैत्र ४ गते कतार एअरवेजको क्यूआर–६५२ नम्बरको जहाजबाट काठमाडौंबाट अवतरित भएकी थिइन् । बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौंसम्म र काठमाडौंबाट आन्तरिक उडानमार्फत् पोखरासम्म सँगै सिटमा बसेकी नातिनी पर्ने १९ वर्षीया किशोरीमा सङ्क्रमण पुष्टि भएपछि वृद्धाको पनि थ्रोट स्वाबको नमूना जाँच गरिएको थियो ।
जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि वृद्धा चैत २० गते अस्पताल भर्ना भएकी थिइन् । आइसोलेसन कक्षमा भर्ना भएको १५ औं दिन उनी अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
उनीसँगै नेपालमा कोरोना सङ्क्रण देखिएर निको हुनेको सङ्ख्या तीन पुगेको छ । पहिलोपल्ट चीनबाट आएका युवकमा परीक्षण गर्दा नजिता पोजेटिभ आएको थियो । उनी माघको पहिलो साता नै शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनीसँगै एउटै उडानमा आएकी काठमाडौंकी प्रशिद्धी श्रेष्ठ पनि आजै डिस्चार्ज भएकी छन् ।
वृद्धासँगै आएकी नाताले नातिनी पर्ने किशोरी धवलागिरी प्रादेशिक अस्पतालको आइसोलेशन कक्षमै उपचार भइरहेको छ । उनले आफ्नो स्वास्थ्य ठीक रहेको र डिस्चार्जको प्रतीक्षामा रहेको बताएकी छन् ।
किशोरीको पछिल्लो रिपोर्टमा कोरोना पोजेटिभ नै देखिएको छ ।
साभारःबाह्रखरीका लागि अक्षर काका
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_CwaGNOtqcu_umawvtewhvlfminmi8p2v3dznpsqpkijr6kyz5hqdcdt8sxbpcuk7mnp1pa2.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_f48Dx3qDAX_uqjc3r6pkkbxlqrnhl1nrn1pkqvpembuex2yov9bsys1mjvznyjd28mnl7ke.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_KnLPoWFlTm_pbsqlh3vxxq3oiufdfizeild6ax1zzez6gcu98xhg2pdnlp7g0ejnvald5v1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_6WGeLl11W5_va1chjgjeuf2jkkdva1avaawz3kpp9wenlapgcvebmrnxmkwk5urggcwifvw.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया