सचिवालय बैठकअघि आफ्ना समूहसँगको छलफलमा व्यस्त नेकपाका दुवै अध्यक्ष
काठमाडौं। मन्त्रिपरिषद बैठकबाट राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालय बैठक राख्न माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएको बैठक बस्दै छ । अहिले साढे पाँच बजे केन्द्रिय सचिवालय बैठक बोलाइएको बैठक केही ढिलो सुरू हुने पनि जनाइएको छ ।
बैठकमा सहभागी हुनुअघि पूर्वमाओवादी खेमाका मन्त्रीसँग प्रचण्डले छलफल गरेका छन् । यसबाट बैठक जानुअघि अध्यक्ष प्रचण्डले पूर्वमाओवादी खेमाका मन्त्रीको छलफलमा केही निर्णय गर्ने जनाइएको छ ।
त्यस्तै बालुवाटारमा भने प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीले पनि एमाले समुहसँग छलफल गरिरहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया