छिमेकीको नियतीः भारतमा संक्रमितको संख्या २० हजारमाथि, मृतक ६ सय ४५ पुगे

virus-ani

काठमाडौं । विश्वभरि १ लाख ७७ हजारभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसबा मर्नेको संख्या अहिलेसम्म भारतमा ६ सय नाघेको छ । पछिल्ला दिनमा लगातार बढीरहेको भारतमा संक्रमितको संख्या २० हजार कटेको छ भने ६ सय बढीले ज्यान गुमाइसकेका छन् ।

वल्र्डोमिटरडटकमको अनुसार भारतमा हालसम्म २० हजार ८० जना संक्रमित भएका छन् भने ६ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभर २५ लाख ५५ हजार ७ सय ४५ संक्रमित छन् भने १ लाख ७७ हजार ४ सय ५९ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २५ हजार ८ सय ८५ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म ८ लाख १८ हजार ७ सय ४४ जना संक्रमित पुगेका छन् ।

अमेरिकापछि सबैभन्दा बढी मानिसले इटालीमा ज्यान गुमाएका छन् । इटालीमा हालसम्म २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा हालसम्म २१ हजार २ सय ८२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित