एउटै अस्पतालका १४ जनालाई कोरोना संक्रमण !

bab

नयाँदिल्ली । विश्वभरि महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण भारतमा संक्रमित र ज्यान गुमाउनेको संख्या बढी रहेको छ । यसै क्रममा भारतको एक अस्पतालका १४ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

दिल्लीस्थित बाबु जगजीवन राम अस्पतालका डाक्टर र अस्पतालका कर्मचारी गरी ७ जनालाई बिहीबार कोरोना पोजेटिभ देखिएको हो । यसअघि पनि सोही अस्पतालमा कार्यरत ७ जनालाई कोरोना संक्रमण देखिएको जनाइएको छ ।

भारतमा हालसम्म २३ हजार ५ सय २ जनालाई कोरोना संक्रमण देखिएको छ भने हालसम्म ७ सय २२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित