भारतमा आजदेखि सर्तसहित सबै पसल खुल्न दिने निर्णय
नयाँदिल्ली । भारतमा आजदेखि सबै पसलहरु खुल्न पाउने भएका छन् । तर भारत सरकारले ती पसलहरुका लागि पसल खोल्नुअघि केही सर्तहरु राखेको छ ।
३ मेसम्म लकडाउनको घोषणा गरेको भारतको केन्द्रीय सरकारको गृहमन्त्रालयले देशभरका पसलहरुलाई सर्तका साथ खोल्नका लागि अनुमति दिएको बताएको छ ।
पसलहरुमा पचास प्रतिशत कामदारले मात्र काम गर्न पाउने र सबै कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्ने जनाइएको छ । तर, अहिले सपिङ कम्प्लेक्स र मलहरु भने खोल्न नपाइने जनाइएको छ ।
त्यस्तै पसलहरुमा सामाजिक दूरी कायम गरिनुपर्ने पनि जनाइएको छ ।
प्रतिक्रिया