नेकपामा विवाद उस्तै, ओलीको प्रस्ताव अमान्य

काठमाडौ ।
प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ।
पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि बुधबार सचिवालय बैठक तय भएको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘दुई अध्यक्षबीच छलफलपछि बुधबार सचिवालय बैठक बोलाउने तय भएको छ’, वरिष्ठ नेता खनालले भने, ‘अब सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने विषयमा छलफल केन्द्रित गर्छ।’
प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपामा यो विवाद ‘भुसको आगोझैं’ सल्किएको छ। प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिए पनि त्यसले सल्काएको आगो अझै निभ्न सकेको छैन।
यो प्रकरणले पार्टी बदनाम, सरकार अलोकप्रिय भएको भन्दै नेकपाभित्र प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ। पार्टीभित्र देखिँदै आएको त्रिपक्षीय शक्ति सन्तुलनमा अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता अर्कोतिर देखिएका छन्।
पार्टीभित्र यस प्रकरणको गम्भीर समीक्षा गर्दै ओलीले पार्टी र सरकारबाट निकास दिनुपर्ने भन्दै दाहाल–नेपाल पक्षका नेताले बैठक माग गरेपछि ओली आफ्नो प्रतिरक्षा र बैठक टार्ने मेसोमा लागेका बेला सचिवालय बैठक तय भएको हो।
दाहाल(नेपाल पक्ष स्थायी समिति बैठक बोलाई ओलीको विकल्पसमेत खोज्ने तयारी गरेपछि झगडा उत्कर्षमा पुगेको छ। दाहाल(नेपाल पक्षको समीकरणपछि पार्टी सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिमा पनि ओली अल्पमतमा परेका छन्। त्यसपछि उनी संकट टार्न अनेक प्रयासमा लागेका थिए।
उनले मंगलबार बैठक बोलाउने विषयकेन्द्रित छलफलका लागि अध्यक्ष दाहाललाई बालुवाटार बोलाएका थिए। त्यहाँ छलफल गरे पनि दुवै पक्ष अडानमै देखिएका छन्।
‘अध्यादेश प्रकरणपछि पार्टीभित्र उत्पन्न समस्याका विषयमा केन्द्रित रहेर नेताबीच आपसी छलफलरबहसहरू भइरहेका छन्। अहिलेको छलफलरबहसले निष्कर्ष दिँदैन। पार्टीका कमिटी बैठकबाटै निचोड हुन्छ भन्ने गरी छलफल हुनेछ’, दाहालका प्रमुख स्वकीय सचिव जोगबहादुर महराले भने, ‘सिंगो देश एकातिर तर नेकपा र सरकार अर्कोतिर जस्तो देखापरेको छ। मंगलबारको छलफलमा प्रधानमन्त्री आफ्नै अडानमा हुनुहुन्छ, अध्यक्ष प्रचण्ड ९दाहाल० र माधव नेपाल कमरेड आफ्नै अडानमा हुनुहुन्छ।’
ओलीको प्रस्ताव अमान्य
ओलीले नेपाल पक्षलाई मनाउन केन्द्र सरकारका मन्त्री, सचिवालय सदस्य हेरफेर गर्ने, मुख्यमन्त्रीहरू केही स्थानमा नेपाल पक्षका नेतालाई दिने, राजनीतिक नियुक्ति सहमतिमा गर्नेदेखि आगामी चैत अन्तिम साता तय भएको पार्टीको महाधिवेशन ६ महिना अघि सारेर उक्त महाधिवेशनमा नेपाललाई सहयोग गरेर जानेजस्ता प्रस्ताव गरेका थिए।
नेपालसँग भएको एक्लाएक्लैदेखि दुई पक्षका समूहमा भएको छलफलमा पनि ओलीले नेपालसामु यस्ता प्रस्ताव राखेको ओली पक्षका केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए। अहिलेसम्मका छलफलमा नेपाल उक्त प्रस्तावमा सहमतिमा आउनै नचाहेकाले कुरा मिल्न नसकेको उनले सुनाए।
नेपाल पक्षले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद ओलीले छाड्नुपर्ने गरी अडान नछाडेकाले सहमति हुन सकेको छैन। उनीहरूले ओलीसँग अब उधारोमा सहमति नखोज्ने भन्दै ओलीको प्रस्तावमा सहमति जनाएको छैन।
२० स्थायी समिति सदस्यले १० वैशाखमा अध्यादेश प्रकरणमा छलफलका लागि पार्टी स्थायी समिति बैठक माग गरेका थिए। त्यसपछि ओली आफूमाथि आइपर्ने संकट टार्न बैठक राख्न चाहिरहेका थिएनन्। ‘उहाँ ९प्रधानमन्त्री० अझै स्थायी समिति बोलाइहाल्ने पक्षमा हुनुहुन्न। उहाँले अब टारेर टार्न सक्नुहुन्न’, स्थायी समिति सदस्य रघुजी पन्तले भने।
आजको अन्नपूर्ण पोष्ट देनिकमा खबर छ

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_67lqWbfyxs_o98aopr6s3w1l1lneavqldaslrumlqhducsbbr6pmxwy4qrpzsj9kgvgmb34.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_E8EcCh18gd_0mrpfphb7ratzrl4m9tjriaogvdrx13lclmevxnf6eqgitziqbbeausemytv.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_ldmpgSPxng_zvc3mlynlekj345mbn8jdquc0vygd98jvzcm1ihse3vgawgvtbc1xlqn968l.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_8vPsCmmzp4_jbuqscj5nk1rzpdu4jwlmuraiq9zk24ykptqqm6md5ecmggr0eidg2ugzrmc.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_TNA30RBgFo_qndaad18er2u1ypcydsfhjkrvkeoxugh49ei8gzjrhz4rgtcpawju2egsm8j.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_45tyKMwzfD_ivkdws26nu4107xkuoqb3rujuzxmzki0zfjrb0kivk0yaz7cjzfspw4yna9q.jpg)
प्रतिक्रिया