अस्ट्रेलियामा अलपत्र क्यान पदाधिकारी अधिकारीको उद्धार गर्न माग (विज्ञप्तिसहित)
चितवन । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भरतपुर क्रिकेट क्लबका अध्यक्ष एवं नेपाल क्रिकेट संघ बागमती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारी अस्ट्रेलियामामा अलपत्र परेका छन् । नेपाली क्रिकेटको प्रचार प्रसार, अध्ययन र अनुसन्धानका लागि केही महिना अगाडि अस्ट्रेलिया गएका अधिकारी कोरोना भाइरसका कारण अस्ट्रेलियाबाट नेपाल आउन नपाएको भरतपुर क्रिकेट क्लबका सल्लाहकार संयोजक सुदीप सुवेदीले बताए ।
भरतपुर क्रिकेट क्लबले अध्यक्ष अधिकारीलाई सुरक्षित रुपमा नेपाल ल्याउनका लागि पहल गर्नका लागि नेपाल सरकारसँग माग गरेको छ । क्लबका उपाध्यक्ष सुशील घिमिरे र सल्लाहकार सुवेदीद्वारा जारी संयुक्त प्रेस वक्तव्यमार्फत् अधिकारीलगायत अस्ट्रेलियामा अलपत्र परेका अन्यको पनि उद्धारका लागि सरकारसँग माग गरेको छ । नेपाल फर्कनका लागि पहल गरिदिनका लागि अधिकारी अस्ट्रेलियास्थित नेपाली दूताबासमा भोक हड्तालमा समेत बसेको समेत जनाइएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल क्रिकेट संघ, बाग्मती प्रदेशका कोषाध्यक्ष, यस क्लबका अध्यक्ष एवं क्रिकेट प्रशिक्षक अनिल अधिकारी विगत केही महिना अगाडि नेपाली क्रिकेटको प्रचार प्रसार, अध्ययन, अनुसन्धानका लागि अस्ट्रेलिया पुग्नुभएको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अलपत्र परि उहाँ र उहाँजस्ता नेपाली नागरिकको स्वदेश फिर्ताको निम्ति अस्टे«लियास्थित नेपाली दूताबासमा भोक हड्तालमा समेत बस्नुभएको अवगत गराउन चहान्छौं ।’
विज्ञप्तिमा भनिएको छ, ‘यस विपतको घडीमा नेपाल सरकार, नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति समक्ष मानवअधिकारको रक्षा एवं मानिसको घर फर्कन पाउने अधिकारको पनि रक्षा गर्न जोडदार माग गर्दछौं ।’
विज्ञप्तिः
प्रतिक्रिया