छिमेकीको नियतिः कोरोनाबाट भारतमा ३५ हजार बढी संक्रमित, ११ सय बढीको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट भारतमा ३५ हजार भन्दा बढी संक्रमित भएका छन् । समाचार तयार पार्दा सम्मको तथ्यांकलाई हेर्दा भारतमा हालसम्म ३५ हजार ४३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने हालसम्म १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो दिनहरुमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म भारतमा ९ हजार ६८ जना उपचार पछि घर फर्केको जनाइएको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या ३३ लाख २० हजार ५ सय ४१ जना संक्रमित पुगेका छन् ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा १० लाख ९५ हजार ३ सय ४ जना संक्रमित भएका छन् । त्यस्तै हालसम्म २ लाख ३४ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया