वडा अध्यक्षकै संग्लग्नतामा काठ तस्करी

Kath Taskari

पर्वत  ।

विश्वब्यापी रुपमा कोरना महामारीको त्रासको समयमा पनि स्थानीय सरकार को दम्भ देखाउदै जनप्रतिनिधिनै काठ तस्करिमा लागेका छन् । लकडाउनको मौका पारि  पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङस्थित मालारानी बनबाट सल्लाको काठ बरामद भएसँगै साहि गाँउपालिका वडा नम्बर ८ नाङलीबाङका वडा अध्यक्ष हरि विकास जिसि अबैध काठ निकासिमा लागेको स्थानीयले बताएका छन् ।

सल्लाको काठ अबैध काठ निकासि भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको कालिगण्डकी सब डिभिजनका वन कर्मचारीसहित स्थानीय बासिन्दाको टोलीले अवैधरूपमा कटान गरिएको काठ बरामद गरेको हो ।

 टोलीले उक्त स्थानबाट मालारानी वनमा काटिएको केहि परीणामका सल्ला जातका रुखहरू कटान गरी टेक्टर र स्काभेटरमा ढुवानी गर्न लागेका काठ बरामद गरेको छ। बरामद गरिएको उक्त काठ नियन्त्रण हुने गरी स्थानीय उपभोक्तको समितिको संरक्षणमा राखिएको छ ।

मालारानी बन उपभोक्ता समितिका अध्यक्ष चित्र बहादुर जिसिले भने अहिले काठ आफूहरुकै नियन्त्रणमा रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित