नेकपा सचिवालय बैठक ४ बजे बस्दै, नेताहरू गुटगत छलफलमा व्यस्त

Nekapa-Sachibalaya

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यसअघि बुधबार बसेको बैठकले तय गरेको सचिवालयको बैठक आज दिउँसो ४ बजे भएको छ ।

सरकारबाट जारी अध्यादेशपछि पार्टीभित्र देखिएको आन्तरिक विवादको समाधानका लागि यसअघिको बुधबारको बैठकले ठोस निर्णय लिन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आजका लागि सचिवालय बैठक तोकेका थिए ।

बैठकमा बस्नुअघि नेताहरु गुटगतरुपमा आन्तरिक छलफलमा व्यस्त रहेका छन् । अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादीका नेताहरुसँग बिहान आफ्नै निवासमा छलफल गरेका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरु पनि आन्तरिक छलफलमा व्यस्त रहेको जनाइएको छ ।

अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुनुका साथै स्थायी समितिको बैठकबारे पनि निर्णय हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित