‘सेल्फ आइसोलेसन’को अनुभब लिन सक्ने रेस्टुरेन्ट खुल्दै
भर्मल्याण्ड।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वीडेनमा नयाँ रेस्टुरेन्ट सञ्चालनको तयारी थालिएको छ । आगामी १० मेदेखि सञ्चालनमा आउनेमा आउनेगरि ‘टेबल फर वान’ नाम दिएर पप-अप रेस्टुराँ खुल्न लागेको हो । ‘टेबल फर वान’ रेस्टुराँमा एक दिनमा एक ग्राहकले मात्र सेवा पाउने छन्।
रेसमस पर्सन र लिन्डा कार्लसन दम्पतीले नयाँ अवधारणाका साथ स्विडेनको भर्मल्यान्डमा रेस्टुरेन्ट बनाउन थालेका हुन् ।
स्टकहोमबाट करिब तीन सय ५० किलोमिटर टाढा घाँसे मैदानमा संचालनमा आउन लागेको यो रेस्टुराँमा एउटा मात्र टेबल र कुर्सी रहने जनाइएको छ ।
यो रेस्टुरेन्टमा पुगेका ग्राहकले दिनभर अर्को व्यक्तिसँग भेट्न र कुराकानी गर्न पाउने छैनन्, जसका कारण उनीहरु ‘सेल्फ आइसोलेसन’को अनुभब लिन सक्ने छन् ।
प्रतिक्रिया