गुगलमाथि १ अर्ब १० करोड डलर जरिवाना

काठमाडौं : इन्टरनेट जाएन्ट गुगलमाथि झण्डै सबा खर्ब रुपैयाँ बराबरको जरिवाना तोकिएको छ । सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले गुगलमाथि झण्डै सबा खर्ब जरिवाना तोकेको हो । आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पूर्याएको आरोपमा गुगलमाथि इयूले १ अर्ब १० करोड डलर जरिवाना लगाएको हो । गार्जियनका अनुसार पेरिस तथा बर्लिनका प्रमुख नेताहरुका साथै गुगलका प्रतिद्धन्दी कम्पनीहरुले युरोपेली आयोगका प्रतिस्पर्धा आयुक्त माग्रेद वेस्टागरलार्य गुगल विरुद्ध कडा कारवाही गर्न विगतदेखि नै उक्साइरहेका थिए । रिपोर्ट अनुसार गुगलले आफ्नो एकाधिकारको स्थितिको दुरुपयोग गरेको छ र यस विरुद्ध उसमाथि कुल राजश्वको अधिकत १० प्रतिशत जरिवाना गरिएको छ । गुगलको मूल कम्पनी अल्फाबेटमाथि अघिल्लो वर्ष ९० अर्ब डलर जरिवाना लागेको थियो । जुन उसको विज्ञापन राजश्वको ३० प्रतिशत थियो । इयूको निर्णयसँगै अब गुगलले भविष्यमा आफ्नो विज्ञापन व्यवसायको निर्माण कसरी गर्न चाहन्छ भन्ने विषयमा एक मस्यौदा पेश गर्नुपर्नेछ । यदि गुगलले निर्धारित समयमा त्यसो गर्न नसकेमा उसले दैनिक कारोबारको ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । गुगलले आफ्ना वेबसाइटद्धारा आफ्ना प्रतिद्वन्द्वी वेबसाइटहरुमाथि प्रतिबन्ध लगाउने गरेको तथ्य पनि अनुसन्धानबाट खुलेको छ । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित