उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान
एजेन्सी ।
उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा सो घटना भएको जनाइएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेका थिए । त्यसपछि दक्षिण कोरियाले पनि चेतावनी र गोली हान्ने क्रम नरोकिएपछि दक्षिणले जवाफी फायर शुरू गरेको बिबिसीले जनाएको छ ।
यद्यपि घटनामा कुनै हताहती वा क्षति भने नभएको बताइएको छ । उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीमा क्षेत्रबाट सीधै गोली चलाएको यो नै पहिलो घटना रहेको बताइएको छ ।
यसअघि करिब तीन हप्तासम्म उत्तर कोरियाली नेता किम जङ(अन गुपचुप रहेको खबरहरू बाहिरिँदा दक्षिण कोरियाली अधिकारीहरूले किम कतै गोप्य स्थानमा बसिरहेको विवरण दिएका थिए । किम पुनस् सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो ।
प्रतिक्रिया