पाकिस्तानी नेता आरिफ वाजिरको अज्ञात समूहद्धारा गोली हानी हत्या
एजेन्सी ।
पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए । आफ्नो घरमा टहल्दै गर्दा उनीमाथि गुडिरहेको गाडीमा सवार केही व्यक्तिले गोली हानेका थिए । उनको शनिबार इस्लामाबादमा निधन भएको हो ।
उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर उस्मान खानले जानकारी दिए । । उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको र पछि इस्लामाबादस्थित नाम नखुलाइएको अस्पतालमा पुर्याइएको थियो । सन् २००५ मा वाजिरका बुवा र दाइलाई पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । त्यसपछि उनीहरुसँग अन्य सातजनाको गोली हानेर हत्या गरिएको थियो ।
त्यतिबेला किशोर अवस्थामा रहेका वाजिरले तत्पश्चात आफ्नो पढाई छोडेर घरको जिम्मेवारी सम्हालेका थिए । उनका तीन छोरा, दुई छोरी र एक श्रीमती छिन् । वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए ।
प्रतिक्रिया