तस्वीरमा साताः कोरोना संक्रमणबीच विश्वभरिका उत्कृष्ट तस्वीरहरू

विश्व अहिले कोरोना संक्रमणको चपेटामा परेकाे छ । हालसम्म ४० लाखभन्दा धेरै संक्रमित देखिएका छन् भने २ लाख ७६ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।  विश्वभरि मानिसहरू कोरोनाभाइरस सङ्क्रमणको महामारीसँग जुझिरहेका बेला यो साता खिचिएकामध्ये उत्कृष्ट तस्वीरहरूलाई यहाँ समेटिएको छ।

 

रुसी विमानतस्वीर कपीराइटMAXIM SHEMETOV / REUTERS
नाजी जर्मनीमाथि विजय हासिल गरेको ७५ औँ वर्षगाँठका अवसरमा गरिने कार्यक्रमका लागि रुसी सेनाका विमानहरू पूर्वाभ्यासमा देखिएका थिए। हरेक मे ९ तारिखमा हुने गरेको कार्यक्रम कोरोनाभाइरसका कारण यो वर्ष पछाडि धकेलिएको छ।
मास्क लगाएका महिलाहरूतस्वीर कपीराइटSUSANA VERA / REUTERS
कोभिड-१९ को प्रकोपका कारण जारी लकडाउनबीच स्पेनको मड्रिडमा केही पसलहरू खोलिएको पहिलो दिन एक दुलहीले पोशाक लगाएर हेर्ने मौका पाइन्।
इटलीमा र्‍यालीतस्वीर कपीराइटMANUEL SILVESTRI / REUTERS
कोरोनाभाइरस विरुद्धको लडाइँमा ज्यान गुमाएका स्वास्थ्यकर्मीहरूको सम्झनामा आयोजित कार्यक्रमका कारण इटलीमा साना उद्योगीहरूले आयोजना गरेको एउटा र्‍याली रोकिएको थियो। इटलीले लकडाउन खुकुलो पार्न लागेको छ।
बालकतस्वीर कपीराइटSHANNON STAPLETON / REUTERS
ब्रूक्लिनस्थित द न्यूयोर्क अक्वेरियममा भित्तेचित्रलाई छोइरहेका मास्क लगाएका एक बालक।
इन्डोनेशियातस्वीर कपीराइटANTARA FOTO/RAISAN AL FARISI/ VIA REUTERS
इन्डोनेशियाको जाभा प्रान्तमा पर्ने बान्दुङमा हलिवूड चलचित्र ट्रान्सफर्मरका पात्रले लगाएको जस्तै पोशाक लगाएका एक व्यक्तिले मानिसहरूलाई घरभित्र रहन अपील गरेका थिए।
थाइल्यान्डतस्वीर कपीराइटSOE ZEYA / REUTERS
थाइल्यान्ड सरकारले केही रेष्टुराँ, व्यापारिक मल र पार्क लगायतका स्थान बिस्तारै खोल्न दिन थालेपछि ब्याङ्कस्थित एरावन धार्मिक स्थलमा अनुहार छोप्ने सुरक्षामक सामग्री लगाएकी एक कलाकार।
लन्डनतस्वीर कपीराइटVICTORIA JONES / PA MEDIA
यूकेले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई निरन्तरता दिइरहँदा मध्यलन्डनस्थित चाइनाटाउनमा मास्क लगाएको एक जोडी।
कलाकारतस्वीर कपीराइटHANNAH MCKAY / REUTERS
लन्डनमा कलाकार लाइअनल स्टानहोपले पन्जा लगाएर क्याराभाजिओले बनाएको एट एमाउस चित्रमा आधारित भित्तेचित्र बनाएका छन्।
खेलाडीतस्वीर कपीराइटJEFF J MITCHELL/GETTY IMAGES
एडिनबरामा ओलिम्पिक खेलाडी पोली स्वान मे ४ तारिखका दिन लकडाउनबीच घरमै व्यायाम गर्दै, कास्य पदक विजेता उनले हालै कनिष्ठ चिकित्सकको रूपमा काम थालेकी छन्।
द नेदरल्यान्ड्सतस्वीर कपीराइटROBIN UTRECHT/SOPA IMAGES/ GETTY IMAGES
द नेदरल्यान्ड्समा लकडाउनविरुद्ध भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरीसँग बाझाबाझ गरिहरेका एक प्रदर्शनकारी।

तस्वीरहरूः बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित