नेपालमा थप १ मा कोरोना संक्रमण, २ सय ५ पुगे

Mynews_1

मोरङ । नेपालको मोरङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । मोरङको रतुवामाई नगरपालिका–१, सोनापुरका युवकमा कोरोना देखिएको जनाइएको छ ।

शनिबारमात्रै मुम्बईबाट नेपाल आएका २५ वर्षीय युवकमा कोरोना पुष्टि भएको जनाइएको छ । तर यस बारेमा स्वास्थ्य मन्त्रालयले पुष्टी भने गरिसकेको छैन ।

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ५ पुगेको जनाइएको छ । नेपालमा हालसम्म ३६ जना उपचारपछि घर फर्किसकेका छन् र हालसम्म २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित