लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रा धरोहर हुन्

 shalik

 

उत्पतीदेखिनै आजसम्म कसैको उपनिवेशमा नपरेको स्वर्गभन्दा महान् मेरो देश, दुई विशाल साम्राज्यहरु गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालको सान मेरो देश आज किन यतिबिघ्न लाचार छ ? नेपालले सन् १९४९ मा संयुक्त रास्ट्रसंघमा सदस्यका लागि आवेदन दिएता पनि तत्कालीन सोभियत संघको कारण नेपाल सदस्यता पाउन ६ बर्ष संघर्षगरि सन् १९५५ डिसेम्बर १४ मा संयुक्त रास्ट्रसंघको आधिकारिक सदस्यता पाएको थियो ।

तत्कालीन राजा श्री ५ महेन्द्र वीरबिक्रम शाहदेब प्रधानमन्त्री मोहनशमशेर जबराको मन्त्रीमण्डलका परराष्ट्र मन्त्री (डाईरेक्टर जनरल) बिजयशमशेर राणाले मेजर पदमबहादुर खत्रीलाई प्रतिनिधिका रुपमा पठाइएका थिए । उक्त समयमा संयुक्त राष्ट्र संघको सदस्यता लिदा नेपालको सिमाना पुर्बमा मेचीदेखि पश्चिममा काली नदि सहितको भुभाग थियो ।

नेपाली भौगोलिक समाजका अध्यक्ष नगेन्द्रराज खनालका अनुसार सुगौली सन्धी १८१६ पश्चात् १० बर्षपछि नेपालको नक्सा तयार गरियको थियो । लिपुलेक लिम्पियाधुराको नक्सामा काली नदि स्पष्ट देखिएको छ । उक्त नक्सामा आधारित लिम्पियाधुराबाट आएको नदिलाई नै सुगौली सन्धिअनुसार नेपाल भारत सिमाना भएको कुरा हामी पाउन सक्छौं । जुन हाल भारतले ब्यास ऋषि हिमालको पर्वत नै पर्वत गएको काली नदिलाई मिलाएको हामी पढ्न र देख्न सक्छौ ।

सन् १८५० मा उक्त सुगौली सन्धिमा लिम्पियाधुराबाट बगेको उक्त काली नदिमा नेपाल र भारतको सिमाना लिपुपासतिर लगेर नक्सामा हेरफेर भएको तथ्यांक सार्बजनिक भएको छ । सन् १८७९ मा भारतले धेरै हेरफेर गरेर परिवर्तनगरि एउटा नक्सा सार्बजनिक गर्‍यो । जुन पहिले उल्लेखित काली नदि सन १८२७ मा कुटि पग्री भनेर समेत फेरिएको लिपुपासबाट बगेको कालिनदी ठाउनै बिस्थापित गरि फरक गरेर सार्बजनिक गर्यो ।

लिपुपासबाट आएको कालिनदिलाई भारतले नदिको नाम र ठाँउको नाम फेर्दै फेर्दै तिनपटकसम्म पटक पटक आक्रमण भयको छ, बिक्रम सम्बत् २०७२ सालमा सुशील कोईरालाको सरकारको सिमासम्बन्धी एक अध्ययन टोलिको गठन भएको समितिको सदस्य एवं पूर्व नापी बिभागका महानिर्देशक पुण्यप्रसाद ओलिका अनुसार सुगौली सन्धी भएको बेला जहाँ काली नदि थियो ।

त्यही नदि सिमाना हुन्छ, कोठि, नाबी, गन्डी त्यो तीनवटा गाउँको बिषयमा सन् १८१८ मा त्यो बेलाको अंग्रेज़ सरकारले ती भुभाग नेपालकै हुन् । काली नदिभन्दा पूर्वपट्टिका हुन् र त्यसमा तपाईहरुले बिबाद नगर्न र ती गाउँका मनिसहरुले नेपालमा तिरोसम्म तिरेको प्रमाणहरु हामी पाउन सक्छौं ।

भारतले सन् १८५० मा सार्बजनिक गरेको नक्सामा कालिनदी लिम्पियाधुराबाट आएको र सन् १८७९ मा सोही कालिनदी लिपुपासबाट आएको कुरा सार्वजनिक गरेको त्यस बिचमा, सुगौली सन्धीमा भएअनुसार नेपालको करिब ३९५ बर्ग कि.मि. ३५ बर्ग कि.मि. लिपुलेकदेखि पूर्व कालापानी र बाँकी रहेको भूभाग लिम्पियाधुरादेखि काली नदिसम्म करिब ४०० बर्ग किमि जति ओगटेको छ ।

बि.सं. २०१८ सालको जनगणना समेत तिनिहरु समेटिएका थिए, साथै २०१५ सालको निर्वाचनमा त्यहाँका मानिसले आफ्नो प्रतिनिधि छनोट गर्नको निम्ती भोट पनि दिएका थिए । सन् १९५० मा नेपाल र भारतबिच शान्ती तथा मैत्री सन्धी गरियो र त्यो सन्धीको धारा ८ ले भारतका पुर्बबर्ती शासकहरु, ब्रिटिश इस्टइन्डिया कम्पनी र सुगौली सन्धीले कायम गरेको भन्ने प्रशङ्ग कतैपनी उल्लेख गरियको छैन ।

सन् १९५० को सन्धिमा समेत स्वतन्त्र भारत र नेपालबिचको सिमालाई स्थायित्त्वदिने कुनै सन्धी नै भयको छैन । कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्दै नेपाल सरकारले २०७७ जेष्ठ ५ गतेको मन्त्रीपरिषदको बैठकले नयाँ नक्सा सार्वजनिक गरेको छ ।

हाल १,४७,१८१ बर्ग कि.मि. रहेको नेपालको कुल क्षेत्रफल केही परिमार्जित भएको छ । हाम्रा वीर पुर्खाहरुले देशको सिमानाको लागि बगाएको रगत र पसिनाको हामीले सम्मान गर्नुपर्दछ हाल प्रस्ताबमा आएको नेपालको नक्सा १,४७,५५७ बर्ग कि.मि. लागू होस्, अहिले सरकारले गरेको प्रयास सराहनिय छ । लिपुलेक लिम्पियाधुरा र कालापानी हाम्रो हो, हाम्रो मातृभुमिको सिमाना १ इन्च पनि तलमाथी मिचेको कुरा हामी देख्न र सुन्न सक्दैनौ ।

प्रतिक्रिया

सम्बन्धित