बेलायतमा ४० हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छः राष्ट्रिय तथ्यांक कार्यालय

लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार व्यक्तिको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ ।
बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको र यो संख्यामा पछिल्ला आठ दिनको मृतक सङ्ख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ ।
स्याहार केन्द्रमा भएका मृत्युलाई पनि कोभिड–१९ का कारण मृत्यु भएको आशङ्का गरिएको र उनीहरूको मृत्यु प्रमाणपत्रमा सोही कुरा उल्लेख गरिएको भन्दै सार्वजनिक तथ्यांकमा बेलायतमा मृत्यु हुनेको सङ्ख्या सोमबार विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको ३४ हजार ७९६ भन्दा निकै माथि रहेको बताइएको छ ।
यसरी हेर्दा अहिलेसम्म बेलायत यूरोपमा सबैभन्दा बढी प्रभावित मुलुक भएको छ । इङ्ल्याण्ड र वेल्सस्थित स्याहार केन्द्रमा मृत्यु भएकाको संख्या छ हजार ३५ हुनुपर्नेमा तीन हजार ९३० भएको उल्लेख गरिएको थियो । यो संख्या समावेश गर्दा ती राज्यका स्याहार केन्द्रमा नौ हजार ९७५ व्यक्तिको मृत्यु भएको छ ।

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_67lqWbfyxs_o98aopr6s3w1l1lneavqldaslrumlqhducsbbr6pmxwy4qrpzsj9kgvgmb34.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_E8EcCh18gd_0mrpfphb7ratzrl4m9tjriaogvdrx13lclmevxnf6eqgitziqbbeausemytv.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_ldmpgSPxng_zvc3mlynlekj345mbn8jdquc0vygd98jvzcm1ihse3vgawgvtbc1xlqn968l.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_8vPsCmmzp4_jbuqscj5nk1rzpdu4jwlmuraiq9zk24ykptqqm6md5ecmggr0eidg2ugzrmc.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_TNA30RBgFo_qndaad18er2u1ypcydsfhjkrvkeoxugh49ei8gzjrhz4rgtcpawju2egsm8j.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_45tyKMwzfD_ivkdws26nu4107xkuoqb3rujuzxmzki0zfjrb0kivk0yaz7cjzfspw4yna9q.jpg)
प्रतिक्रिया