उपत्यकामै देखियो थप ३ मा कोरोना संक्रमण

Mynews_1

 

काठमाडौं । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार उपत्यकामा थप ३ जनामा कोरोना स.क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सोमबार बिहान मात्र काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ र ६ मा १/१ जना र बुढानीलकण्ठ नगपालिका – ३ मा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा टोखाका २७ र ४१ वर्षीय पुरुष र बूढानीलकण्ठका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसअघि मन्त्रालयले नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका २६, बारा गढी माइ नगरपालिकाका २१, धनुषाका ३, कपिवलस्तुका ३, काठमाडौं टोखाका ३, बारा कलैयाका २, सप्तरीका २, बर्दियाका १, बाँकेका ४, दैलेखका ७ गरी जम्मा ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा १ सय ५ जना उपचारपछि घर फर्किसकेका छन् भने ३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित