ब्राजिलमा संक्रमित संख्या ४ लाख नाघ्यो, विश्वभर ५७ लाख ८१ हजार संक्रमित

brazil_1

 

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरसबाट आक्रान्त भइरहेको ब्राजिलमा संक्रमित हुनेको संख्या चार लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार ब्राजिलमा ४ लाख ११ हजार ८ सय २१ जना संक्रमित देखिएका छन् भने २५ हजार ५ सय ९८ जनाको मृत्यु भइससकेको छ ।

कोरोनाबाट विश्वमा हालसम्म सबैभन्दा बढी क्षति अमेरिकाले ब्यहोरेको छ । हालसम्म १७ लाख ४५ हजार ८ सय जना संक्रमित भएको अमेरिकामा १ लाख २ हजार १ सय ९ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म विश्वमा ५७ लाख ८१ हजार ७ सय ६० जना संक्रमित भेटिएका छन् भने ३ लाख ५६ हजार ८ सय ४० जनाको मृत्यु भएको छ । अहिलेसम्म २४ लाख ९४ हजार ६ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

ब्राजिलपछि सबैभन्दा धेरै संक्रमित हुने देशहरुमा रसिया, स्पेन, इटली, युके, फ्रान्स, जर्मन, टर्की र भारत रहेका छन् ।

भारतमा पछिल्लो दिनमा संक्रमितको संख्या एक्कासी बढ्दै गरेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा १ लाख ५८ हजार ८६ संक्रमित छन् भने ४ हजार ५ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित