धेरैपछि स्पेनमा २४ घन्टामा 'शुन्य' मृत्यु

spain

काठमाडौं । कुनै बेला कोरोना भाइरसका कारण दैनिक २ हजार भन्दा बढीले ज्यान गुमाएको स्पेनमा पहिलोपटक २४ घन्टामा एक जनाको पनि मृत्यु भएको छैन । पछिल्ला दिनमा युरोपेली मुलुकमा कोरोना नियन्त्रणोन्मुख रहेको तथ्यांक सार्वजनिक भइरहँदा स्पेनमा गत २४ घन्टामा २ सय ९ नयाँ संक्रमित देखिएका छन् भने एक जनाको पनि मृत्यु भएको छैन ।

युरोपमा मात्र १ लाख ७५ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । हालसम्म स्पेनमा २७ हजार १सय २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो समयमा युरोपेली मुलुक रसियामा कोरोनाको संक्रमण एक्कासी बढ्दो गतिमा भए पनि अन्य मुलुकहरुमा ज्यादै न्यून गतिमा बढीरहेको छ । गत २४ घन्टामा युरोपभरिमा १४ हजार संक्रमित देखिएकोमा रसियामा मात्र ९ हजार बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा युरोपमा ४ सय ८७ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुक रसिया र बेलायतमा अहिले तुलनात्मक रुपमा बढी देखिएको छ भने अन्य मुलुकहरुमा कोरोना नियन्त्रणनजिक आइसकेको देखिएको छ । युरोपेली मुलुकमा सबैभन्दा धेरै संक्रमित रसियामा देखिएका छन् भने मृत्यू हुनेमा बेलायतका रहेका छन् । हालसम्म बेलायतमा ३९ हजार ४५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित