अधोगतितर्फ अमेरिकाः हिंसात्मक आन्दोलनका कारण ५५ अर्ब डलर बढीको क्षति, १२ को मृत्यु
वाशिंग्टन । चीनबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वको करिब एक तिहाई क्षति ब्यहोरेको अमेरिकाले पछिल्लो दिनमा अर्को किसिमको क्षति ब्यहोरेको छ । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको जनाइएको छ ।
हालसम्म विश्वमा ६६ लाख ९७ हजार ७ सय ६३ जना संक्रमित भएका छन् भने ३ लाख ९३ हजार १ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित ६६ हजार मध्ये १९ लाख भन्दा बढी संक्रमित अमेरिकामा नै देखिनु र मृतक ३ लाख ९३ हजार मध्ये १ लाख १० हजार १ सय ७३ हजारको मृत्यु भएको छ ।
कोरोनासँगै अमेरिकाको विभिन्न स्थानहरुमा फैलिएको हिंसाका कारण मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको जनाइएको छ । उनीहरुले अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरुको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।
अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।
आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नु परेको थियो । कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।
प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् ।
प्रतिक्रिया