दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण ! सेल्फ क्वारेन्टाइनमा बसेका उनको भोली परिक्षण गरिने

kejariwal

नयाँदिल्ली । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । उनलाई कोरोना संक्रमणको जस्तै ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनी सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन्।

उनको भोली मङ्गलबार कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । आइतबार दिउसोदेखि उनले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गरेको जनाइएको छ ।

५१ बर्षीय केजरीवाललाई कोरोनाभाइरसका विरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मङ्गलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिए ।

“दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आइतबार दिउसोदेखि ज्वरो र घाटी दुख्ने लगायतका लक्षणहरु देखिएको छ, चिकित्सकहरुले कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका छन्,” सिंहले भने ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९३६ जना सङ्क्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८१२ जनाको मृत्यु तथ्याङ्क राज्य सरकारको छ ।

भारतमा हालसम्म २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् भने ७ हजार२ सय ६३ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित