कोरोना कष्टः मृत्युमा भारतको रेकर्ड, एकैदिन २ हजार भन्दा बढीको मृत्यु
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै रेकर्ड कायम भएको छ ।
पछिल्ला दिनमा अत्याधिक रुपमा बढ्दै गएको छ । यसै अनुसार गत २४ घन्टामा भारतमा २ हजार भन्दा बढीको मृत्यु भएको छ । तथ्यांकअनुसार भारतमा २ हजार ६ जनाको मृत्यु भएको छ । जुन संख्या विश्वकै अन्य देशहरूको तुलनामा पछिल्लाे २४ घन्टाको सबैभन्दा धेरै हो ।
हालसम्म भारतमा ३ लाख ५४ हजार १ सय ६१ संक्रमित भएका छन् भने ११ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । गत २४ घन्टामा एशियामा मृत्यु हुनेको संख्या २ हजार ५ सय २ रहेकोमा भारतमा मात्र २ हजार ६ जनाको मृत्यु भएको हो भने बाँकी एशियामा ४ सय ९६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख ५० हजार भन्दा बढी पुगेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर ८२ लाख ५० हजार ४४ जना संक्रमित भएका छन् भने ४ लाख ४५ हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया