नवलपुरको मध्यविन्दुमा एकै दिन थप १७ मा कोरोना संक्रमण, गण्डकी प्रदेशमा २ सय ८९ पुगे संक्रमित
पोखरा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा एकै दिन १७ जनामा कोरोना संक्रमण देखिएको छ । मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५? १९, २०, १७, ४०, ३०, ३९ वर्षीय पुरुष र २ उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनलय पोखराले जनाएको छ ।
त्यस्तै गैंडाकोट नगरपालिकाका १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको जनाइएको छ ।
यससँगै पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सक्रमण देखिएको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय पोखराद्वारा जारी विज्ञप्तिमा नवलपरासी (सुस्ता पूर्व) मा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ र मनाङका १ जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेको छ ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।
मनाङमा १ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको जिल्ला ७४ पुगेको छ ।
प्रतिक्रिया