छिमेकीको नियतिः भारतमा एकै दिन १४ हजार भन्दा बढीमा संक्रमण, जम्मा संक्रमित संख्या ४ लाख नजिक

काठमाडौं । भारतमा २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमण देखिएका छन् । पछिल्लो तथ्यांकअनुसार १४ हजार ७ सय २१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ४ लाख नजिक पुगेको छ । हालसम्म भारतमा ३ लाख ९५ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ भने १२ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको छ ।
गत २४ घन्टामा विश्वभर कोरोना भाइरसको संक्रमण हुनेको संख्या अहिलेसम्मकै उच्च रहेको छ । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा १ लाख ८१ हजार ५ जनामा कोरोना संक्रमणदेखिएसँगै विश्वभर संक्रमितको संख्या ८७ लाख ५० हजार ९ सय ९० पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित ब्राजिलमा पुगेका छन् । ब्राजिलमा एकै दिन ५५ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।
गत २४ घन्टामा ब्राजिलमा ५५ हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । त्यस्तै अमेरिकामा पनि पछिल्ला केहीदिन यताकै उच्च संख्यामा संक्रमित देखिएका छन् । अमेरिकामा ३३ लाख ५ सय ५९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै मृत्यु हुनेको संख्या विश्वभर ४ लाख ६१ हजार ८ सय २० पुगेकोछ । गत २४ घन्टामा विश्वभर मृत्यु हुनेको संख्या ५ हजार ६६ त्यस्तै हालसम्म कोरोनाबाट निको भइ फर्कनेको संख्या ४६ लाख २४ हजार ७ सय ५६ पुगेकोछ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_1ZxXWKqbnk_q50arsu2namh94i6a4qg7kkqfahelolaaaliyxqrdjeqwvn3nyytk8xscel3.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_HaAc8XRC5c_gudok7tns3odonvx1f8ynxu8cpn8awpfdjspwmf8utqd4xv1fodo4swrtkgw.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_x0lbdCopgz_d9hauzofopq2l99houeeo54hjlsnoe4w08cg6htfgl7aswzngknpdd2dajht.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_h980G0YZRU_rwlvja2vdlk9stkotr05wy9me1rhbjzi7u3es1kctrxxhehitquuxand7bfp.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया