भारतमा दैनिक 'रेकर्ड ब्रेक' गर्दै कोरोना, २४ घन्टामा २० हजार बढीमा संक्रमण

ind

 

नयाँदिल्ली । कोरोना संक्रमितको संख्यामा भारतमा दैनिक रेकर्ड ब्रेक हुँदै आएको छ । पछिल्ला दिनमा तीब्रगतिमा फैलिएको भारतमा कोरोनाका कारण पछिल्लो २४ घन्टामा २० हजार बढीमा संक्रमण देखिएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घन्टामा २० हजार १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ सय १४ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म भारतमा ५ लाख २९ हजार ५ सय ७७ जनामा संक्रमित पुगेका छन् भने १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ३ लाख १० हजार १ सय ४६ जना उपचारपछि निको भएका छन् । हालसम्म ७९ लाख ९६ हजार ७ सय ७ जनामा कोरोना परिक्षण गरिएको भारतमा करिब ९ हजार गम्भीर बिरामी रहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १ करोड ७२ हजार ५ सय ८२ रहेको छ भने यसकै कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६ सय ४ जना पुगेका छन् । त्यस्तै नको हुनेको संख्या ५४ लाख ५१ हजार ८ सय ५६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित