काठमाडौंका थप २७ जनामा कोरोना संक्रमण, कहाँ कहाँ पुष्टी भयो त संक्रमितको नमुना ?

Corona_Test

 

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो तथ्यांकअनुसार काठमाडौंमा थप २७ जनामा कोरोना पुष्टी भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, वीरअस्पतालमा काठमाडौंमा १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २१ जना गरी जम्मा २७ जनामा कोरोना पुष्टी भएको गौतमले बताए ।
गौतमका अनुसार पछिल्लो तथ्यांकअनुसार २९३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ रहेको बताएका छन् ।

हालसम्म ३४ जनाको कोरोनाबाट मृत्यु भएको पनि गौतमले पुष्टी गरे ।

क्वारेन्टिनमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा जानुअघि र निस्कने बेलामा अनिवार्य परिक्षण गर्नुपर्ने पनि गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित