मास्क नलगाई घरबाहिर निस्किए कारबाही
काठमाडौं । पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार थप सुरक्षित बन्न लागेको छ ।
सोही क्रममा गृहमन्त्रालयले राजधानीमा घरबाट बाहिर निस्कने मानिसहरुलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताएको छ ।
मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया