गण्डकी प्रदेशमा थप १३ मा कोरोना संक्रमण, हालसम्म ११२१ संक्रमित पुगे

Gandaki

पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् ।

संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् ।

त्यस्तै मादी गाउँपालिकाका १ जना महिला र २ जना पुरुषसहित ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म जम्मा संक्रमितको संख्या १ हजार १ सय २९ पुगेका छ भने हालसम्म ३ सय ५३ जना उपचारपछि निको भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित