कोरोना केन्द्रविन्दु बन्दै भारत, लगातार दुईदिनसम्म २५ हजार बढी संक्रमित
काठमाडौं । भारतमा लगातार दुईदिनसम्म २५ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दक्षिण एसियाको कोरोनाको केन्द्रबिन्दु एवं विश्वमै तेस्रो स्थानमा रहेको भारतमा पछिल्ला दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरको संक्रमण भएको छ ।
विहीबार २५ हजार ५ सय ७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टामा २५ हजार ७ सय ९० जना संक्रमित भएका छन् ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार ८४२ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।
यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार ६२३ पुगेको छ । त्यस्तै बिहीबार ४ सय ९१ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घन्टामा ४ सय ७९ जनाको मृत्यु भएसँगै गत ४८ घन्टामा भारतमा ९ सय ७० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया